नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने ,माओवादीका तीन मन्त्रीले पाए निरन्तरता
काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । आज बसेको सचिवालय बैठकले वर्तमान सरकारमा सहभागीता जनाउने निर्णय गरेको हो ।त्यस्तै नेकपा माओवादीका ३ मन्त्रीले निरन्तरता पाउने भएको छ।
एकीकृतसचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को कुनै एक मन्त्रालय लिने भएको पक्का भएकोछ । त्यस्तै नेकपा )माओवादी केन्द्र) बाट मन्त्रीमा निरन्तरता पाउनेमा
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको माओवादीले रेखा शर्मा र शक्तिबहादुर बस्नेतलाई पनि पुनस् मन्त्री बनाउने भएको छ ।अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि पुन छलफल गरेर टुंग्याउने समेत सहमति भएको थियो ।