सता गठबन्धनको नयाँ समिकरणसँगै तीन मन्त्रीले लिए सपथ , सवै बहाालवाला मन्त्रीहरु बर्खास्त
२१ फागुन, काठमाडौं । नेपाली राजनीतिमा अचानक आएको सता गठबन्धनको परिवर्तसँगै आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
मन्त्रीमण्डलको नयाँ सदस्यको रुपमा प्रचण्डले नेकपा एमालेबाट पदम गिरी,माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोल प्रसाद अर्याललाई विना विभागिय मन्त्रीको रुपमा आज नियुक्त गरेका हुन ।
त्यस्तै बहालवाला सबै मन्त्री बर्खास्त गरी उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै मन्त्री बर्खास्त गरेका हुन् ।नयाँ समीकरणमा सहभागी दलहरुसँगको सहमतिमा ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।
तीनै जनाले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुको मन्त्रालयको जिम्मेवारी भने पछि मात्र तोकिने राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्तिमा उल्लेख छ ।
२६ पुस २०७९ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले करिब डेढ महिनापछि गठबन्धन परिवर्तन गरेका थिए ।उनले एमालेसँगको सहकार्य छाडेर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेर मन्त्रिपरिषद गठन गरेका थिए ।