सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प
(शुक्रबार) बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पपछिको क्षति विवरण सङ्कलन कार्य जारी रहेको छ। भूकम्पको धक्का महसुस भएपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोक कारागारका एक कैदी घाइते भएका छन्, जसको उपचार भइरहेको छ
यसैबीच, भोटेकोसी गाउँपालिका–३, तुसारेमा सुख्खा पहिरो गएको छ। प्रशासन कार्यालयका अनुसार उद्धारका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन्।
यस भूकम्पपछि अहिलेसम्म उक्त क्षेत्रमा २३ वटा परकम्प गइसकेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, भारतको पटना र बिहार आसपासका क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको छ। त्यस्तै, पश्चिम बंगालको उत्तरी क्षेत्र सिलगुढीमा पनि कम्पन महसुस गरिएको बुझिएको छ।