मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी समितिद्धारा चरणवद्ध प्रतिवाद अभियानको घोषणा



पाथीभरा मुक्कुमलुमा विकासको नाउँमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारकोविरुद्ध मुक्कुमलुङ पाथीभरा संरक्षण सहयोग समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यहिँ फाल्गुण १३ देखि फाल्गुण ३० सम्म चरणवद्ध आन्दोलनको घोषणा गरिएको हो ।
मुक्कुमलुङ पाथीभरा सिँगो याक्थुङ समुदायको मुन्धुमीस्थल आश्थाको केन्द्रमा केवलकार सञ्चालन गरेर याक्थुङ समुदायको आश्थामाथि साँस्कृतिक अतिक्रमण गरिएको भन्दै केवलकार सञ्चालनकाविरुद्ध समितिले निरन्तर आन्दोलन गर्दै आएको छ ।

केवलकार सञ्चालक चन्द्र ढकालको संरक्षणका लागि सशस्त्र प्रहरी क्याम्प खडा गर्न लागिएको भन्दै समितिले कडा प्रतिवाद गरेको छ । मुक्कुमलुङ संरक्षणको विरुद्ध हुन कुनै पनि किसिमको गतिबिधि नगर्न अनुरोध गरको छ । यदी समितिको आव्हानविरुद्ध गतिबिधि हुने भए कडा रुपमा प्रतिवाद हुने समितिले चेतावनी दिएका छ । केवलकार खारेजी संघर्ष समितिको संयोजक खगेन्द्र फेम्बु , किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिङ थेगिम र मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक सुवास लुङखिमद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीद्धारा प्रतिवाद अभियानको जानकारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्