खोटाङ जिल्लाको बाराहापोखरी गाउँपालिकामा एक महिला र एक पुरुष मृत अवस्थामा फेला
खोटाङ जिल्लाको बाराहापोखरी गाउँपालिकामा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बाराहापोखरी–१ स्थित डाँडाखर्क जंगलमा घाँस काट्न गएका २२ वर्षीया सविता विष्ट र १८ वर्षीय शिखर बस्नेत मृत भेटिएका हुन्।
विष्ट विवाहित थिइन् भने बस्नेत अविवाहित। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले घटनालाई हत्या आशंका गरी थप अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार विष्ट मृत अवस्थामा फेला परेकी थिइन् भने केही तल बस्नेत झुन्डिएको अवस्थामा भेटिएका थिए।