आज बाट नेपालमा पश्चिमी मौसम प्रणाली प्रवेश
आज (बिहीवार) बाट नेपालमा पश्चिमी मौसम प्रणाली प्रवेश गर्दैछ। यस वर्षको हिउँदमा सरदरभन्दा कम वर्षा भएकाले यो प्रणालीले केही राहत दिने मौसमविद्हरु बताउँछन्।
उक्त प्रणाली भोलि (शुक्रबार) कोशी प्रदेशसम्म पुग्ने अनुमान गरिएको छ। राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा अधिक वर्षा हुने मौसमविद्हरुको अनुमान छ।