पवित्र मुकुम्लुङ पाथीभरा जग्गा कारोबारमा मिलोमत्तो मै करोडौं घोटाला भएको खुलासा



ताप्लेजुङ पवित्र देवस्थल मुकुम्लुड पाथीभरा क्षेत्रका धार्मिक धरोहरलाई विकासको बहानामा व्यावसायीकरण गर्ने उद्देश्यले हालै गरिएका जग्गा कारोबारमा करोडौं रकम भ्रष्टाचार भएको प्रमाण फेला परेको छ । यसले केवलकार सञ्चालनको नियत राम्रो नभएको आरोपलाई पुष्टि भएको छ ।मालापोत कार्यालय ताप्लेजुङमा प्राप्त विवरण अनुसार, ध्रुव नारायण स्रेष्ठका नाममा रहेका तलका तीन किताहरू सस्तो मूल्यमा खरीद गरी सयौं गुणा बढीेले विक्री गरी ठगी गरिएको पाइएको हो  ।

ध्रुव नारायण स्रेष्ठको नाममा रहेका निम्न जग्गा:कि.नं. १०५६: क्षेत्रफल १०-०-०-० , कि.नं. १०५७: क्षेत्रफल १९-०-०-० ,कि.नं. १०९५: क्षेत्रफल ३०-१५-०-०लाई पुष्प बहादुर बडुवाल (केराबारी-५, झापा) र सरिता लिम्बु (पति ईश्वरी पौडेल, हाड.देवा-३, ताप्लेजुड) द्वारा २०७४.०८.२२ मा जम्मा रू ७,२०,००० (सात लाख बाइस हजार) मा खरीद गरिएको थियो। यी खरिद गर्नेहरु जो केवलकार प्रा.लि.का संचालक हुन्, पछि उक्त जग्गालाई ताप्लेजुडस्थित पाथीभारा दर्शन केवलकार प्रा.लि.लाई अत्यधिक मुल्यमा बिक्री गरेका छन्।दोश्रो कारोबारमा, कि.नं. १०५६ र १०५७ (जम्मा २९ रोपनी)लाई २०७७.०५.१८ मा रू २६१०००००० (छब्बिस करोड दस लाख) र कि.नं. १०९५ बाट १५ रोपनी जग्गालाई रू ३७५००००० (तिन करोड पचहतर लाख) मा बिक्री गरिएको तथ्य सामने आएको छ। विशेषज्ञहरूका अनुसार, न्यून मुल्यमा खरिद गरी अत्यधिक मुल्यमा बिक्री गर्दा सार्वजनिक सम्पत्तिको  शोषण भएको   यस जग्गा कानूनत फिर्ता हुनु पर्ने जनाइएको छ ।

स्थानीय  जानकारहरु भन्छन्, “हाम्रो पवित्र धार्मिक धरोहरलाई विकासको नाममा ब्यापारीकरण गर्न दिनु उचित छैन। हामीले एक जुट भएर हाम्रो सांस्कृतिक र आध्यात्मिक सम्पदालाई संरक्षण गर्नुपर्छ ,यस मामलामा प्रहरी तथा सम्बन्धित निकायहरूले थप छानबिन गरी आवश्यक कानूनी कारवाही कारवाही पक्रिया अगाडी बडाउनु पर्छ । साथै, धार्मिक स्थलको संरक्षण र स्वच्छ विकासका लागि समुदायमा जागरुकता फैलाउने पहल समेत बलियो हुँदै गएकाले केवलकार सञ्चालन गर्ने निर्णयको खारेजको विकल्प छैन्  ।”

प्रतिक्रिया दिनुहोस्