मोरङको कानेपोखरीमा जयराज संयोग लिम्बुसहित सयौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



मोरङ । नेपाली कांग्रेसमा लामो समय योगदान दिएका नेता जयराज संयोग लिम्बुसहित सयौं व्यक्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रवेश  प्रवेश हुनेमा कंग्रेससँगै एमालेका कार्यकर्ता रहेको छन् ।

मंगलबार आयोजित ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ अन्तर्गत कानेपोखरीमा आयोजित कार्यक्रममा लिम्बु र अन्य कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई पार्टीमा स्वागत गरे।

लिम्बु नेपाली कांग्रेसका पुराना नेता हुन्। उनी २०७९ सालको प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।

माओवादी केन्द्र मोरङका अनुसार, कानेपोखरी गाउँपालिकाबाट मात्रै ९०० जना तथा अन्य पालिकाबाट गरी १००० भन्दा बढी कार्यकर्ता माओवादी प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूको बहुसंख्यक एमालेका कार्यकर्ता रहेको पनि जनाइएको छ।

पार्टी प्रवेशपछि जयराज संयोग लिम्बुले माओवादी केन्द्रलाई ‘पहिचान पक्षधरको छाता पार्टी’ बनाउन आफ्नो योगदान रहने प्रतिबद्धता व्यक्त गरे। साथै, आगामी निर्वाचनमा माओवादीलाई दुई-तिहाइ बहुमत दिलाई कोशी प्रदेशको नाम खारेज गरी पहिचान स्थापित गर्ने लक्ष्य रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्