मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत पक्षबाट वार्ताका लागि चार सर्त
मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत पक्षबाट वार्ताका लागि चार सर्त राखेका छन् । नेपाल सरकारले दोस्रो चरणको वार्ताका आव्हान गरेसगै संघर्षरत पक्षबाट वार्ताका लागि चार सर्त राखेका हुन । मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माणका कार्यहरु तुरुन्तै स्थगित गरिनु पर्ने , सशस्त्र प्रहरी बल र जनपथ प्रहरीलाई फिर्ता बोलाउनु पर्ने, आन्दोलनका क्रममा गिरप्तार परेका कार्यकर्ताहरु विना सर्त रीहा हुनु पर्ने र मन्त्रीस्तरीय वार्ता समूह गठन गरी औपचारिक रुपमा वार्ता आव्हान हुनु पर्ने रहेका छन् ।
मुकुम्लुङ ताङसेप चुम्भोमा संलग्न दर्जन बढी संस्थाका नेताहरुद्धारा हस्ताक्षर गरिएका विज्ञप्तीमार्फत सरकारलाई सर्त राखिएको जनाएका हुन् ।
हेर्नुहोसे विज्ञप्तीको पूर्ण पाठ ।