विराटनगरमा आन्दोलनरत पक्ष र सरकारवीच दोस्रो चरणको वार्ता सुरु



विराटनगर । नामाकंनको विषयलाई लिएर एक वर्षदेखि निरन्तर आन्दोलनरत पक्ष र कोशी प्रदेश सरकारवीच दोस्रो चरणको वार्ता सुरु भएको छ ।प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिबिच विराटनगरको होटल स्टर्न स्टारमा आज दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो ।

बार्तामा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगू, सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलको सहभागिता रहेको छ ।यस्तै पहिचानवादीहरूको तर्फबाट वार्ता टोलीमा डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, अर्जुन जम्नेली राईलगायतको उपस्थिति छ । गत माघ २६ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने त्यसबेला सहमति भएको थियो ।यस्तै सहमति अनुसार फागुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने पनि उल्लेख थियो । सोही सहमति अनुसार दोस्रो वार्ता बसेको हो ।

प्रतिक्रिया दिनुहोस्