सुनसरीमा बर्डफ्लु : सावधानी अपनाउन आग्रह



सुनसरीमा बर्डफ्लु : सावधानी अपनाउन आग्रह

सुनसरी जिल्लाको कोशी गाउँपालिकामा बर्डफ्लु फेला परेको छ । गाउँपालिकाको वडा ६ मा रहेको सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको हो । अनुसन्धान र परीक्षणपछि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले बर्डफ्लुको पुष्टि गरेको छ ।

कृषि मन्त्रालयले कृषि फार्मलाई केन्द्र मानेर पूर्वतर्फ ५० मिटरको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरसम्म, खुल्ला मैदान १५० मिटरसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको छ । र, सावधानी अपनाउन पशु चिकित्सकहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्