नेपाल प्रहरीले एआई प्रविधि प्रयोग गर्दै



नेपाल प्रहरीले एआई प्रविधि प्रयोग गर्दै

नेपाल प्रहरीले एआई (कृत्रिम बौद्धिकता) मा आधारित इन्टेलिजेन्स प्रविधि प्रयोगमा ल्याउने भएको छ। प्रहरी प्रधान कार्यालयले खरिद गरेको एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्सु अपराध अनुसन्धान विभागले प्रयोगमा ल्याउन लागेको हो ।

अपराध अनुसन्धान विभागका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायतका अनुसार यो प्रविधि प्रयोगको अन्तिम चरणमा पुगेको छ। प्रविधि सञ्चालनका लागि भारतको पुणेमा दुई चरणमा गरी १५ जना नेपाल प्रहरीका कर्मचारीलाई तालिम पनि दिइएको छ।

प्रहरीका अनुसार यो प्रविधिको प्रयोगले अपराध अनुसन्धानमा थप सहयोग पुग्ने र अपराध रोकथाम र नियन्त्रणमा नयाँ आयाम थपिने छ ।

प्रतिक्रिया दिनुहोस्