पाँचथर जिल्लाको हेंवाखोलामा बेलिब्रिज निर्माण
पाँचथर जिल्लाको हेंवाखोलामा बेलिब्रिज निर्माण थालिएको छ । गत असोजमा बाढीले पक्की पुल बगाएपछि खोलाबाटै गाडी गुड्दै आएका थिए । बेलिब्रिज निर्माणको काम सुरु भएको र आगामी वैशाखभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
३ करोड ४९ लाख ३८ हजार ३ सय ७६ रुपैयाँ लागतमा बेलिब्रिज निर्माण दोभान सुपर सौगात लाइट विल्डर्सले गर्न थालेको छ ।
७० मिटर लामो सिंगल स्पानको बेलिब्रिज बन्न लागेको हो । राजमार्गको रमितेखण्डमा गएको पहिरो रोकथामको काम पनि सुरु गरिएको छ ।