भारतको राजधानी नयाँदिल्लीमा भूकम्प
भारतको राजधानी नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार (आज) बिहान ५ : ३६ मा ४ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पको केन्द्र करिब पाँच किलोमिटर गहिराइमा थियो । भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सावधानी अपनाउन र सुरक्षा निकायलाई उद्धार तथा आवश्यकताअनुसार परिचालन हुन निर्देशन दिएको भारतका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बुझिएको छ ।