हलेसी बजारमा आगलागी



खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार (हिजो) साँझ भएको आगलागी ग्यास सिलिण्डर पड्केर भएको खुलेको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको कोठाबाट साँझ करिव ६ बजे सुरु भएको आगो ४ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट पदम राईको घर र घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्