अन्तरराष्ट्रिय मातृभाषा दिवस भाषा भव्य रुपमा मनाईने
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरको सन्दर्भमा विभिन्न महत्वपूर्ण विषयमा अन्तकृयात्मक छलफल गरी भव्य रुपमा मनाईने भएको छ ।
फ्रेबुअरी २१ लाई अन्तराष्ट्रिय मातृभाषाको दिवसको रुपको रुपमा विश्वभर मनाईने प्रचलनअनुसार यहिँ फाल्गुण ९ अर्थात् ईस्वी सन २१फेब्रुवरी २०५ गतेका दिन नेपालको विभिन्न जातजातिको मातृभाषाको प्रयोग,प्रवद्र्धन र संरक्षणको विषयमा भाषा आयोग नेपालले प्राज्ञिक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै भाषा प्रयोगशाला उद्घाट गरी मनाईने तयारी भईरहको आयोगका का.मु.सचिव लोक बहादुर लोप्चनले जानकारी दिए ।
यहिँ दिवसको सन्दर्भमा नेपालमा रहेका लोपन्मुख अवश्थामा रहको भाषा तथा विभिन्न प्रदेशमा सरकारी कामकागजको रुपमा सिफारीस गरिएको मातृभााषाको विषयमा विभिन्न प्राज्ञिकद्धारा कार्यपत्र प्रस्तुतीको कार्यक्रम रहेको छ । यस कार्यmक्रमा नेपाल सरकारका भाषा विषयका विभिन्न निकाय एवम् सरोकारवाल कार्यालय तथा संघसंस्थाको प्रतिनिधिमुलक सहभागी रहनुका साथै युनेस्को प्रतिनिधि एवम् वंगलादेशलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरुको सहभागी रहनेछ । भाषा,,संस्कृति,समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने प्राज्ञिक छलपल नेपाली मातृभाषाको उन्ननयत तथा विकासमा महत्वपूर्ण मदत पुग्ने विश्वास गरिएको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।