मुकुमलुङ्ग पाथिभरामा केवलकारको विरोध गर्ने स्थानीयमाथि सशस्त्रद्धारा ४ जनामाथि गोली प्रहार , ५५जना घाइते



२०८१ माघ १३

ताप्लेजुङस्थित पाथिभरामा केवलकार सञ्चालन गर्ने विषयमा स्थानीयमाथि सशस्त्रले गोली प्रहार गर्दा ५५ जना गम्भीर घाइते भएका छन् घाइतेमध्ये ४ जनालाई गोली लागेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि ताप्लेजुङमा सम्भव नभएपछि धरान घोपा क्याम्पमा रेफर गरिएको छ ।

सशस्त्र प्रहरीले स्थानीय डेरा गरी बसेको डेरामाथि तोडफोड गरेको घर र गोली लागेर रगतको टाटो


शनिबार सशस्त्र प्रहरीवीच झडपको क्रममा प्रहरीको गोली लागि घाईतेहुनेहरुमा याम लिम्बू ,सगुन लावती,धर्मान पालुङवा र मङगल लावती रहेका छन् । घाईतेहरुमध्ये लावतीको गोलीले तिघ्रा छेडेको गम्भीर अवश्था रहेको । त्यस्तेै सगुन लावतीको छातीमा गोलीले वारपार भएकोले फोक्सोमा रगत जमेको,,धर्मान पालुङ्वाको दाहिने कुम भाँचिएको सिकिस्त रमंगल लावतीको टाउकोमा चोट लागेको छ । यस घटनाप्रति सर्वत्र घोर भत्र्सना गरिएको छ । आन्दोनकारीहरुले मुकुम्लुङ पवित्र साँस्कृतिक,धार्मिक एवम् प्राकृतिक सम्पदा मासेर कुनै अमुक् व्यापारीको व्यवसायका लागि केवलकार सञ्चालन गर्न नहुने भनेर विरोध गर्दै आएका छन् । तर केवलकारका सञ्चालके राज्यको आडमा केही, स्थानीय पहुुँचवाल व्यक्तिहरुलाई प्रलोभनमा पारी मुकुम्लुङमा स्थानीय जनताको चाहाना विपरीत केवलकार सञ्चानल गर्न लािगएको आन्दोलनरत पक्षको आरोप छ । आन्दोनको पक्षमा पर्याप्त जनमत भएपनि राज्यले बन्दुको भरमा केवलकार सञ्चालन गरिए परिणाम भयावह हुने आन्दोलनकारीको भनाई छ । शनिबारको घटना आन्दोलनकारीहरुले सशस्त्र प्रहरीमाथि लाठीमुङग्री गर्न थालेपछि प्रतिवादमा गोली चलाएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । आन्दोलनरत पक्षले भने उक्त भनाई निराधार रहेको जनाएको छ ।
राज्यको दमनविरुद्ध आन्दोलनरत पक्षले आक्रोशित भएका छन् भने राज्यले आन्दोलनरत पक्षको मागलाई सम्बोधन नगरिए शान्तिपूर्ण आन्दोलन हिंसात्मक रुप लिन सक्ने आन्दोलनरत पक्षले चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्