नेपाली राजदूतावासहरूमा पर्याप्त जनशक्ति छैन ः परराष्ट्र सचिव
२८ पुस, काठमाडौं । परराष्ट्र सचिव भरतराज पौडेलले विदेशमा रहेका नेपाली राजदूतावासमा पर्याप्त जनशक्ति नहुँदा कूटनीतिक कामहरूमा ध्यान दिन नसकिएको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा अन्गर्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव पौडेलले नेपालका झन्डै आधाभन्दा बढी मिसनहरू वैदेशिक रोजगारीमा जाने नेपालीको सेवामा लाग्नु पर्ने वाध्यता रहेका बताए । ‘हाम्रा दूतावासहरू धेरै साना साइजका छन् । पर्याप्त जनशक्ति छैन । भएको जनशक्ति नेपालीहरुको उद्धार लगायतका समस्या समाधानमा नै केन्द्रित हुने गरेको छ,’ पौडेलले समितिको बैठकमा भने, ‘जसकारण अन्य कुराहरुमा ध्यान दिन सकेको छैन भन्ने गुनासो छ । ३,४ जनाले कति काम गर्न सक्छन् रु’ उनले मुलुकको आर्थिक स्थितिलाई हेरेर धेरै वर्षअघि खुलेका संरचनाहरूको सुधार हुनुपर्ने आवश्यक्ता औंल्याए ।नेपालबाट वैदेशिक रोजागारीमा जानेहरूका समस्या समाधान गर्न समय लाग्ने भएकाले दूतावासहरूले आवश्यक जनशक्ति बिना अन्य आर्थिक गतिविधिका लागि सम्बन्धित राष्ट्रमा काम गर्न नसकिने अवश्था रहेको सचिव पौडेलले जानकारी दिएका थिए