नेपाल– चीन सीमाना तिब्बतको दिंगे काउण्टी केन्द्रविन्दु भएर ठूलो भूकम्प महसुस
आज (मंगलबार) बिहान नेपाल– चीन सीमाना तिब्बतको दिंगे काउण्टी केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको छ । भूकम्प ७ . १ म्याग्निच्युड रहेको बताइएको छ । देशको राजधानी काठमाडौंदेखि आसपासका जिल्लासम्म यो भूकम्पको महसुस गरिएको थियो । बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पले केही सेकेण्ड पराकम्पन दिएको थियो । काठमाडौंमा भूकम्पको महसुस भएपछि मानिसहरु घरबाट सडकमा निस्किएका थिए । नेपाल, भारत, भुटान र चीनमा भूकम्पको महसुस गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको छ । यसको केन्द्रविन्दु नेपालको सोलुखुम्बु जिल्ला नजिक पर्छ । त्यो क्षेत्रमा बढी क्षति भएको आङ्कलन छ । तर, क्षतिको विवरण आइनसकेको त्यहाँको प्रहरीले जनाएको छ । नेपालका पश्चिम क्षेत्रमा दैनिकजसो भूकम्प गइरहेको छ । स्रोतहरुका अनुसार देशमा ठूलो भूकम्पको सम्भावना अझै यथावत छ