बागमती होटलमा एक युवती मृत फेला
राजधानीको काठमाडौँ महानगरपालिका–९, गौशालामा रहेको बागमती होटलमा एक युवती मृत फेला परेकी छन् । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका घर भएकी २३ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी हुन् ।
यो घटनाको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । उनको हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले जानकारी दिए । उनी पुस १६ गते बागमती होटलमा पुगेकी थिइन् ।