त्रिविलगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाबाट गर्न नेपाल विद्यार्थी संघको माग
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ।
नेविसंघले मंगलबार प्रदर्शनीमार्गमा दबाब स्वरुप सडक प्रदर्शनसमेत गरको छ । नेविसंघले उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणसमेत गराएको छ।
नेविसंघले विश्वविद्यालयमा हुने गरेको दलीयकरण र राजनीतिक हस्तक्षेप अन्त्य गर्नु पर्न, त्रिविलगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाबाट गर्नु पर्ने नेविसंघले दबाब दिँदै आएको छ ।
नेविसंघले आइतबार प्रज्ञा भवनमा भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम स्थलमा पनि विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न मागसहित ब्यानर राखेको थियो।
केही हप्ता अगाडी दिक्षीत कार्यक्रममा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले पनि खुला प्रतिस्पर्धाबाट नै त्रिवि उपकुलपति नियुक्ति गर्ने र राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका थिए ।
त्रिविमा उपकुलपतिलगायत पदाधिकारी रिक्त भएको लामो समय हुँदा पनि नियुक्ति हुन सकेको छैन।