प्रदेश र प्रतिनिधिसभाका लागि आगामी मंसिरमा चुनाव हुने
१८,साउन, काठमाडौं । आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभाका लािग चुनाव हुने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा निर्वाचन गर्न सहमत भएका हुन् ।
भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने आन्तरिक सहमती भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।निर्वाचन आयोगले भने मंसिर २ गते चुनाव गर्न परामर्श दिएको थियो । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।