याक्थुङ (लिम्बू ) कर्मचारी मञ्च तदर्थ समिति गठन
१५ साउन, काठमाडौ
याक्थुङ (लिम्बू ) कर्मचारी मञ्च तदर्थ समिति गठन भएको छ । सनिबार किराँत याक्थुङ चुम्लुङहिम, नखिपोट ललितपुरमा आयोजित सार्वजनिक प्रशासनमा आबद्ध लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट टार्जन कुमार लिम्बुको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ ( लिम्बू ) कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा ल्युमा सुब्बा,महासचिवमा विशाल नेम्बाङ,सचिवमा विक्रम सम्बाहाङफे,कोषाध्यक्षमा सम्झना लिङदेन रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुजन फागो, राम मादेन, प्रविनहाङ योङहाङ, अमृत सम्बाहाम्फे ,भुवन कन्दङ्वा, टोपेन्द्र साँवा , फूलमाया मेन्याङ्बो ,सुनिता योङहाङ, अस्मिता सुब्बा , प्रकाश योङहाङ
, लक्ष्मी सुहाङ, र मनु कुमारी लिम्बू रहेका छन् ।
उक्त भेलाले राम मादेनको संयोजकत्वमा विधान मस्यौदा समितिसमेत गठन भएको छ । उक्त भेलामा
अग्रज सर भगिराज ईङनाम,. गोमा देवी चेम्जोङ, डा। हुमा बोखिम, किराँत याक्थुङ चुम्लुङ अध्यक्ष श्री प्रेम येक्तेन, महासचिव श्री निरन्ती तुम्बापो , लिम्बू विद्यार्थी मञ्च अध्यक्ष श्री दिपा लक्सम लगायतको उपस्थिति रहेको थियो ।