एक सयभन्दा बढी सिहदरवारका कर्मचारी नै विना जानकारी विदामा



११ साउन,काठमाडौं/राष्ट्रिय सतर्कता केन्द्रले आज सिंहदरवारमा गरेको अनुगमनको क्रममा विना सूचना १ सयभन्दा बढी कर्मचारी विदामा वसेको पाइएको छ ।मुलुककै सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारमा अनुगमन हुँदा सयभन्दा बढी कर्मचारी बिना कुनै जानकारी नै विदामा बसेको पाइएको हो ।

मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको टोली सिंहदरबार पुग्दा परिसरका विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयका अनुगमन गर्दा विभिन्न पदमा बहाल १ सय २० जना कर्मचारी बिनासूचना अनुपस्थित रहेकाले उनीहरुलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको जनाईको छ ।

अनुगमनमा सहभागी एक कर्मचारीका अनुसार अनुगमन गरिएको दिनभन्दा अघि बिनासूचना विदामा बस्ने १९ जना,

कार्यालय पोशाक नलगाएका २८ कर्मचारी रहेका छन्

 

प्रतिक्रिया दिनुहोस्