दुरसञ्चार प्राधिकरणको कार्य क्षमता मूल्याङकनबाट हुने बढुवामा सवै उम्मेद्धवार अनुत्तीर्ण
११ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पदपूर्ति समितिले कार्य क्षमताको मूल्यांकनद्वारा हुने बढुवामा सबै उम्मेदवार अनुत्तीर्ण भएका छन् ।दूरसञ्चार प्राधिकरणले १९ मंसिर २०७८ मा वरिष्ठ निर्देशक, निर्देशक, निर्देशक अनुगमन, प्रशासन प्राविधिक अनुगमन निर्देशक, उपनिर्देशकसहितको ६ पदमा कार्य क्षमता मूल्यांकनद्वारा आवेदन माग गरेको थियो ।
उक्त सूचनाअनुसार६ जनाले नै आवेदन दिएका थिए ।। उक्त विज्ञापन हचुवाको भरमा गरिएको भन्दै एक कर्मचारी टोलीले उच्च अदालत पाटनमा बढुवा प्रक्रिया विरुद्धमा उच्च अदालत पाटनमा २०७८ साल मंसिर २८ गते रिट दायर गरेका थिए ।
उक्त मुद्दामा उच्च अदालत पाटनले प्रारम्भिक सुनुवाइ गर्दै मंसिर २९ गते विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्राधिकरणसँग लिखित जवाफ मागेको थियो ।त्यसपछि ३० असार २०७९ मा पदपूर्ति समितिले ‘कुनै पनि सम्भाव्य उम्मेदवार कायम नभएकोले बढुवा सिफारिस नभएको’ भनी सिफारिस गरेको छ ।