भुवन केसीले चलचित्र बोर्डका अध्यक्षको पदभार लिए



११ साउन, काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका थिए ।

केसी आफनो सहकर्मीसहित बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । केसी लगायत आधा दर्जन बढीले बोर्डको अध्यक्षका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्