दिलकुमार लिम्बूको अध्यक्षतामा नेपाल आदिवासी जनजाती निजामती कर्मचारी महासंघको तदर्थ सतिति गठन



साउन ७ काठमाडौं
/ दिल कुमार योङहाङ लिम्बुको अध्यक्षमा ३५ सदस्यीय नेपाल आदिवासी जनजाति निजामती कर्मचारीहरूको छाता संगठनको तदर्थ समिति गठन भएको छ ।

 

समितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र असलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव चयन हुनु भएको छ । त्यसैगरी, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन गरिएको अध्यक्ष लिम्बूले बताए ।

नव गठित तदर्थ समिति ६ महिनाभित्र महाविधेशन गरी नयाँ कार्यसमिति चयन गर्ने,महासंघको विधान तयार पार्नका लागि भेलाले कृष्टि            रोका मगरको संयोजत्वमा विजय मोक्तान र गौतम बुढामगर सदस्य रहेका विधान मस्यौदा समितिसमेत गठन गरिएको छ ।
महासंघमा हाल विभिन्न ८ वटा जातीय कर्मचारी संगठनहरू आवद्ध रहेका छन् । अनामनगरमा सम्पन्न उक्त भेलाको उद्घान आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्