काठमाडौ पुगेका चिनिया शीर्ष टोलिले इटली पुगेका प्रचण्डसँगभर्चुअल संवाद
७ साउन, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी ) का शीर्ष नेता तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगका उनीहरुले इटलीमा रहेका प्रचण्डसँग भर्चुअल सम्बाद गरेका छन् । दक्षिण एसियाली देशहरु भ्रमणका क्रममा सिपिसिका पोलिटव्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा चुनिएपछि चीनबाट भएको यो उच्च तहको भ्रमण हो ।
तर यसैबेला प्रधानमन्त्री स्वदेशमा छैनन् । संयुक्त राष्ट्रसंघको खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार मात्रै इटाली प्रस्थान गरेका छन् । कृषि मन्त्री डा।वेदुराम भुसाल सहितको टोली नेतृत्व गर्दै प्रचण्ड इटाली प्रस्थान गरेको भोलिपल्ट सीपीसी नेता युआन काठमाडौं आइपुगेका छन् ।
तीन दिने भ्रमणमा युआनले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेट वार्ता गरेका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्कासँग भएको भेटमा युआनले आफ्नो भ्रमणको उद्देश्य २०१९ मा राष्ट्रपति सी जिनपिङ नेपाल आएको बेला भएका सहमतिको कार्यान्वयनलाई सफल बनाउनुभएको बताएका थिए ।
उनले आइतबार साँझै माओवादी केन्द्रका नेताहरुसँग पनि डिनरसहित छलफल गरेका छन् । त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग भने उनले भर्चुअल सम्वाद गरेका थिए ।युआनले गर्ने उच्चस्तरीय भेटमा दुई देशबीचको सम्बन्धदेखि प्रधानमन्त्रीको चीन भ्रमणबारे समेत कुराकानी हुने एजेण्डा छ ।प्रधानमन्त्री बनेको सात महिनासम्म प्रचण्डले उत्तरी छिमेक चीन भ्रमण गरेका छैनन् । त्यसैले पनि युआनको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ । ‘दक्षिणी छिमेक भ्रमण गरिसकेकाले अर्को छिमेक भ्रमणमा निस्कन चिनियाँ नेताको यो भ्रमण महत्वपूर्ण छ’ एक पूर्व परराष्ट्रमन्त्री भन्छन्, ‘तर प्रधानमन्त्रीले पाहुनाको स्वागतमा सन्तुलन मिलाउन सकेको देखिएन ।’ इटालीको सम्मेलनमा जाने पूर्वनिर्धारित कार्यक्रम हुँदा चिनियाँ नेताहरुलाई आग्रह गर्न सकिने विकल्प प्रधानमन्त्री उपयोग नगरेको उनी बताउँछन् ।
‘
माओवादीका दोस्रो तहकै नेताहरुको पनि चिनियाँ पक्षसँग राम्रो सम्बन्ध भएकाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसँग भेट नहुँदैमा फरक नपर्ने ती पूर्व परराष्ट्रमन्त्री बताउँछन् । ‘नेपालमै हुँदा कुनै जिल्लातिर गएर नभेटेको होइन । विदेश भ्रमणमै हुँदा त कूटनीतिमा धेरै फरक पर्दैन’, उनी भन्छन् ।