छानविन समितिले शर्मासँग लियो बयान



साउन,५ काठमाडौं ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्ता रहेको आरोपमा मन्त्री पदबाट राजीनामा दिएको पूर्वअर्थमन्त्री जनार्दन शर्मासंग उक्त विषयउपर छानविन गर्ने उदेश्यले गठिन संसदीय समितिले आज वयान लिएका छन् । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।
अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरको भन्ने आरोप लागेपछि शर्माले असार २२ मा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । बयानको क्रममा शर्माले प्रचलित मूल्य, मान्यता, विधि र प्रक्रिया अनुसार नै बजेट निर्माण गरेको भन्दै अनधिकृत व्यक्ति संलग्न नभएको दाबी प्रस्तुत गरेका छन् । समितिका एक सदस्यका अनुसार शर्माले आफुमाथि विश्वास नलागे मन्त्रालयमा खटिएका सुरक्षाकर्मी र मर्यादापालकसँग आवश्यक सोधपुछ गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्