Nepal Prasashan
गृहपृष्ठ
  • होमपेज
  • समाचार
  • सार्वजनिक प्रशासन
  • राजनीति
  • विचार / अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • खेलकूद
  • मनोरञ्जन
  • विश्व
  • विविध

चैत्र शुक्ल द्वितीयाः पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन


प्रकाशित मिति: 1 April, 2025 10:19 am

काठमाडौँ, १९ चैतः मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट यही चैत ९ गते शनिबार चैत्र कृष्ण अष्टमीदेखि सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि सोमबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो । चैत्र कृष्ण अष्टमीका दिन चैत ९ गते शनिबार पशुपतिका भट्टले जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गर्नुभएको थियो । यात्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको डङ्गोलले बताउनुभयो । उहाँका अनुसार उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको हो । जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन सोमबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको छ । एघार दिनसम्म सञ्चालन भएको यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक मानिन्छ । मुलुकमा शान्ति कायम होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रूपमा सहभागी हुने गरेको डङ्गोलले सुनाउनुभयो । वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन सोमबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ । बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् आइतबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्परा अनुसार सोमबार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिएको थियो । त्यहाँबाट आज पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको कोषको अमालकोट कचहरीका द्वारे डङ्गोलले जानकारी दिनुभयो । प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । दूध खाने बालकसमेत जात्रा हेर्न आउने भएकाले यसलाई दुदु च्याँ च्याँ भन्ने नामलेसमेत चिनिन्छ । —

प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

‘पालिकाको विकास र निर्माणका काममा एमाले–माओवादीले राम्रो साथ दिएका छन्’: कुलुङ

सूर्य कुलुङ सोलुखम्बु  जिल्लाको महाकुलुङ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ  । स्थानीय विद्यालयमा प्राथमिकसम्मको शिक्षा र त्यसपछि

Nepal Prasashan
ताजा अपडेट
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

कञ्चनजंघा न्युज नेटवर्क प्रा.लि. द्वारा सन्चालित

सुचना बिभाग दर्ता नं. :- 2699/2077-2078

  • अनामनगर,काठमाडौं
  • 9851147337
  • nepalad2078@gmail.com



  • संरक्षक :
    अम्बादत्त भट्ट
  • अध्यक्ष तथा सम्पादक:
    बिए.म लिम्बु
  • सह- सम्पादक
    भक्त पयाङगु
  • बजार व्यवस्थापक:
    यमुना सुब्बा



Nepal Prasashan
©2026 Nepal Prasashan सर्वाधिकार सुरक्षित
Web Design By Bikashsoft Technology