राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणा म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा



काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा सहित पक्राउ परेकाहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ।

शुक्रबार तीनकुने घटनाका क्रममा पक्राउ परेका उनीहरूलाई कानुनी प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय लगिएको हो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई जिल्ला अदालत काठमाडौं मा पेश गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्