नो केबलकार समूहलाई गृहमन्त्रालयले वार्ताका लागि पुनः आह्वान



ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा केबलकार निर्माण रोक्न माग गर्दै आएको ‘नो केबलकार’ समूहलाई गृहमन्त्रालयले वार्ताका लागि पुनः आह्वान गरेको छ। मन्त्रालयका सहसचिव तथा वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले शुक्रबार पत्र लेख्दै समूहलाई वार्तामा सहभागी हुन आग्रह गरेका हुन्।

केबलकार निर्माणको विरोधमा आन्दोलनरत समूहले वार्ता र आन्दोलनलाई समानान्तर रूपमा अघि बढाउने बताउँदै आएको छ। यस क्रममा समूहले विरोध प्रदर्शनलगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्