डडेल्धुरामा कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा तीन टाँका लगाइयो



२०८० चैत १ गते

डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको छ ।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।बैठकमा आक्रोशित नगरसभाका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि निर्घात कुटपिट गरेको गरेका थिए ।नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फोटो ः सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्