संसदमा संघीय निजामती सेवा विधेयक आज पेश हुँदै
बहुपप्रतिक्षित संघीय निजामती सेवा विधेयक आज प्रतिनिसभाको वैठकमा प्रस्तुत हुदैछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबारको बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो ।
केही साताअघि मात्रै संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । साथै आजको
प्रतिनिधि सभाको बैठकमा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन० विधेयक २०८० माथी विचार गरियोस भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । यस्तै आर्थिक वर्ष २०८१ ०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथी पनि छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।