प्रचण्डले लिए तेस्रो पटक विश्वासको मत पक्षमा १५७, विपक्षमा ११०
३० फाल्गुन २०८०, बुधबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।हठात सत्ता समिकरणमा आएको परिवर्तन पछि आज प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष(विपक्षमा मत दिएनन् ।
प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए ।विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।यस अघि प्रधानमन्त्री दाहालले पहिलो पटक २०७९ पुस २६ दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत पाएका थिए ।