दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि क्वाटरमा आक्रमणको प्रयास



फाल्गुण २५ शुक्रबार

गएराती दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण प्रयास भएको छ । निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताइएको छ । प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । उनीमाथि आक्रमणको कारण र समूहबारे अहिलेसम्म खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भइरहेको जनाएको छ । इमान्दार रुपमा कहलिएको अधिकारी भर्खरै मात्र अधिकृतमा सिफारीस भएपछि पहिलो पोष्टिङको रुपमा उनले कार्यभार सम्हालेका हुन् । घटनाबारे विस्तृत बुझ्न खोज्दा अधिरकारी सम्पर्क हुन सकेको छैन् । मार्मा गाउँपालिका दार्चूलाको दुर्गम स्थानिय तह हो ।

प्रतिक्रिया दिनुहोस्