डा.पुरण राईद्धारा लिखित पाँच कृति एकसाथ लोकार्पण
डा. पुरण राईद्वारा लिखित विभिन्न विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राईको पाँच कृतिको लोकार्पण गरेका हुन् ।लोकार्पण गरिएका डा. राईका अन्य कृतिहरुमा कोभिड दैनिकी ‘डरका बिम्वहरु’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’ र विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ रहेका छन् ।
मन्त्री किरातीले लेखक डा.राईलाई बधाई दिँदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ती कलम चलाउन आग्रह गरेका छन् । “नेपाली समाजको गर्भभित्र समाजवादको भ्रुणहरु छन् । लेखकहरुले त्यसलाई उजागर गर्नुपर्छ”, उनले भने ।लोकार्पण कार्यक्रममा
त्रिभुवन विश्वविद्यालयका प्रा. डा.खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’ माथि समालोचना गर्दै आप्रवासी नेपाली कविताको प्राचीन पूर्वीय सिद्दान्त र आधुनिक पाश्चात्य सिद्दान्त दुई िसद्दन्तबाट एक साथ गहन अध्ययन गरी तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्व भएको धारणा राखे ।कार्यक्रममा राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक सिद्धराज राईले लेखक डा। राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताए ।अनलाइन अभिलेख प्रा.लि.द्वारा प्रकाशित उक्त कृतिमा विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा. भक्त राईले समालोचना गरेका थिए ।