अपाङ्ग महिलामाथि जवरजस्ती करणी गरी फरार अभियुक्त पक्राउ



 

अर्घाखाँची, फागुन १८ – अपाङ्ग महिलामाथि जवरजस्ती करणी गरी एक वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले गुप्त सूचनाका आधारमा उनलाई आइतबार विहान पक्राउ गरिएको हो ।


जवरजस्ती करणीको आरोपमा सन्धिखर्क नगरपालिका कल्लाबोट निवासी ६३ वर्षीय गोबिन्द प्रसाद बस्यालले २६ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी मु्द्धा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए । पीडितले प्रहरीमा उजुरी दर्ता गरेपछि अभियुक्त फरार भएका थिए।उजुरी अनुसार, बस्यालले घरेलु कामदारका रूपमा राखेर पीडितलाई पटक–पटक करणी गरेका थिए। घटनाका कारण पीडित गर्भवती भई २०८१ सालको कात्तिक २८ गते एक छोरालाई जन्म दिएको खुलेको छ।पक्राउ अभियुक्तलाई अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ।अनुसन्धान सम्पन्न भएपछि अभियुक्तलाई कानुनी कारबाही अघि बढाइने  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्