पूर्व युवराज पारस शाहलाई हृदयघात



पूर्व युवराज पारस शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आइतबार बेलुका हृदयघात भएपछि तत्काल थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।

नर्भिक अस्पतालका चिकित्सकका अनुसार पारस शाहको एन्जियोप्लास्टी गरिएको छ, र उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ। चिकित्सकहरूले उनलाई तीन दिनसम्म निगरानीमा राखेर उपचार गर्ने योजना बनाएका छन्।

यो पारस शाहलाई भएको चौथो हृदयघात हो। पूर्व राजपरिवारमा वंशानुगत रूपमा हृदयघातको समस्या देखिने गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्