प्रचण्ड र चमेरो नीति
विएम योङया (विलास )
नेपालको पूर्वी पहाडी क्षेत्रमा चमेरोसम्बन्धी चर्चित लोक कथा छ । लोक कथाअनुसार उहिले पशु र पंक्षीवीच ठूलो लडाइँ हुन गयो । उनीहरुवीच पशुले मेरो दाँत छ र पंक्षीले मेरो प्वाँख छ भन्ने दाविसहित एकाआपसमा टोकाटोक र ठुँगाठूँग गरी झगडा भइरहने भएकाले एकदिन भद्राई नामक चराले सहजीकरण गर्दै उनीहरुवीचको झगडा मिलाउन पुगे । यहि खुशीयालीको उपलक्ष्यमा पन्छी र पशुहरुले आआफनो समाजमा ठूलो भोज आयोजना गर्ने निर्णय गरे । यसरी पशु र पन्छीवीच झगडा हुँदा खुसुक्क ओढारमा लुक्न जाने चमेरो भने पन्छीहरुबाट आयोजित भोजमा एक्कासी निक्लेर आई म पनि प्वाँख भएको पन्छी हुँ भन्दै पन्छीहरुमाझ भोज खान दाबी गर्न पुगे अरु पन्छिले प्वाँख भएको कुरा त ठीकै हो तर तिमी प्वाँख हुने प्राणी पन्छीमा नगनिने भएकाले दाँत हुने प्राणीवीच भोज खान जानु भनि सवै पन्छीले एकै स्वर गरी चमेरोलाई खेदिदिए । यसरी पन्छी समुदायबाट खेदिएपछि चमेरो पशुबाट आयोजित भोजकहाँ पुगेर म पनि तिमीहरुजस्तै दाँत भएको पशु प्राणी हुँ भनि पशु समाजमा दाबी गर्न जाँदा पशु प्राणीहरुले पनि एकै स्वरमा भने; तिम्रो दाँत भएको कुरा त हामीले
मान्छौं तर तिम्रो प्वाँख भएकाले तिमीलाई पशु समाजमा लिई भोज खान दिन मिल्दैन भनि त्यहाँबाट पनि खेदिदिए । यसरी दुवै समुदायबाट खेदिएपछि चमेरो भने निराश हुँदै साविक आफ्नै ओढारमा गएर लुकेर बस्यो । यहिँे दोधारे धूर्तनीतिको लाजले चमेरो चरो उज्यालोमा बाहिर चर्न ननिस्केर दिन र रात वीचको साँझकालमा मात्र चमेरो चरो बाहिर चर्न निक्लन्छ भन्ने लोकविश्वास रहिआएको छ । यहिँ प्रवृतीलाई ‘चमेरो नीति’ भनेर भनिन्छ । आज नेपाली राजनीतिमा प्रचण्ड यहिँ चमेरो नीतिबाट ग्रसित छन् । यहिँ नीतिबाज प्रचण्डको राजनीतिक कदम कहाँ,कस्तो अवश्थामा पुगेर किनारा लाग्ने हो अहिले नै भन्न सकिने अवश्था नभएपनि सुखद अवश्थाबाट गुज्रिनन् भन्ने चमेरोको हबिगत जीवन शैलीबाट प्रष्ट हुन्छ ।
विश्वलाई चकित बनाउने नेपाली गोरिल्ला युद्धका नायक,संघीय लोकतान्त्रिक गणतन्त्रका पहिलो प्रधानमन्त्रीको रुपमा प्रख्यात र अमर प्रचण्डले काइते अभ्यासबाट नै सतारोहण गरेकाले कुनै बेला सता समीकरणमा हठात विग्रह ल्याउने विषयमा विभिन्न ढंगमा सशंय प्रकट भने नगरिएको होइन् । आफ्नो ‘स्पेश’ सुरक्षित बनाउनका लागि जस्तोसुकै जोखिम मोल्न सक्ने प्रचण्डको खुबी भने प्रशंसा योग्य भए पनि आत्मकेन्द्रित ढुलमुले कदमले माओवादीको सांगठनिक पार्टी जीवनमा गहिरो असर त गर्छ नै सिंगो मुलुक र जनतालाईसमेत यो राजनीतिक प्रवृतिबाट पीडाग्रस्त बनाउने कुरामा विमती छैन । विगतमा सता समीकरणको विभिन्न अध्यायहरु भोगिसकेका प्रचण्डबाट चुनाबी गठबन्धनका सारथी नेपाली कंग्रेसलाइ अप्रत्याशित रुपमा धोका दिँदै नेकपा एमालेको समर्थनमा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन् । लगतै चुनावी गठबन्धनका सारथी कंंग्रेसलेसमेत प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई समर्थन गर्ने कंग्रेसको निर्णयसँगै नेकपा एमालेले नैतिक रुपमा समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बसेको हो,यसै घटनाबाट पनि प्रचण्ड सरकारले जुनै बेला पनि जस्तोसुकै निर्णय गर्न सक्ने संकेत दिएका थिए । नभन्दै डेढ वर्ष नकट्दै सत्ता समिकरणको दुषित फेरबदलको खेलमा चमत्कार बनाउँदै हजारौं नेता–कार्यकर्ताहरुलाई आक्रोश,निराशाको भुँमरीमा नराम्रोसँग फसाउन पुगेका छन् ।
नेपाली राजनीतिको वर्तमान सत्ता समीकरणको तिलस्मीय परिदृश्य प्रचण्डले स्वयमले भने जस्तो ‘क्रम भङगता’ नै भएपनि सारमा यो नेपाली राजनीतिमा आक्रोश,वितृष्ण र निराशाको घामछाँया बन्न पुगेको छ ।
भनिन्छ राजनीतिमा स्थाई सत्रु र स्थाइ मित्र हुँदैन । यहिँ राजनीतिक भाष्यका जगमा वर्तमान नेपाली राजनीतिको जहाज सिद्धान्तहिन मार्गमा अविराम दौडिरहेको छ । सिदान्तहीन राजनीति भनेको दिशाहिन जहाजको यात्रा जस्तै हो कुनै पनि परिस्थितिमा दुर्घटनाग्रस्त भई दुःखद अन्त्य हुने सुनिश्चित छ । प्रचण्डले कहिले विजातिय कंग्रेसको साहारा कहिले सजातिय एमालेको सहारामा सतारोहणको यात्रा तय गर्दै आएका छन् ।प्रचण्डको यो कदम त्यहिँ चमेरोको कथा जस्तो न कंग्रेस र कंग्रेसजनले ,न एमाले र एमाले पार्टी पंक्तीले विश्वास गर्ने ठाउँ नै बनाए । यसरी विश्वासको संकट चुँलिदै दुवै पार्टीबाट खेदिए इतिहासका ठूलो र विद्रोही पार्टीको रुपमा दर्ज भई सानो दलको घरमा खुम्चेर बस्नु पर्ने खतरा उतिकै छ ।
यहिँ घटनाहरुको सेरोफेरोमा ‘स्थाई सत्रु स्थाई मित्र हुँदैन ’ भन्ने भनाईको भाष्यलाई अझ विद्रुप बनाउँदै यो जीवन्त भनाईको मर्मलाई अरु जटिल बनाउँदै अपब्याख्याको हद पार गराईयो । यस्तो ब्याख्या र शष्लेषणले समकालिन नेपाली राजनीतिमा भइरहेको लोकतान्त्रिक अभ्यास मुलुकको स्थायी शान्ति,समृदि र विकासका लागि नभएर केबल अमुक् नेता र तिनका चाकडबाज पिच्छलग्गु नेता कार्यकर्ताहरुका व्यवस्थापनका लागि आड थमाउने नारा जस्ता फिक्का बन्न पुगेको छ । एकातिर प्रचण्डबाट धेरै आशाका आभाहरु थिए, नेपाली राजनीतिमा प्राप्त उपलब्धीको प्रमुख भूमिका निर्वाहकर्ता हुनुको नाताले प्रचण्डप्रति जनताले आशा गर्नु स्वभाविक थियो । तर,प्रचण्डले उठाएका मुद्दाहरु क्रमिक रुपमा छाड्दै जानु , तीन दशक बढी एक छत्र नेतृत्वमा वस्ने अश्वभाविक आचरण,माओवादी भित्रका अरु प्रतिभाहरुलाई नेतृत्वको अवसरबाट बञ्चित गराउने एकमनावादी चिन्तनबाट ग्रसित नेतृत्व शैली कै कारण युद्धबाट जन्मिएको नेकपा माओवादी विभिन्न खण्डमा विभाजित हुन पुग्यो । यहिँबाट सुरु हुन्छ माओवादीको दुःखको दिन र अन्य दलका घर दैलो– दैलौ चहार्नु पर्ने परिस्थितबाट माओवादी पार्टी अहिले गुज्रिन बाध्य छ ।
उसो त प्रचण्ड र तीनका कार्यकर्ता पंक्तीेले प्रचण्डका अनेक कदममािथ हुने टीका टिप्पणीलाई लिएर भन्ने गरेका छन् ः ‘सताबाहेक अरु सवै भ्रम हुन्’ । लेनिलनको यो महान उदगारका टेको लिँदै प्रचण्डलाई गतिशिल,दूरदर्शी,नेतृत्व कौशलमा पारङगत समकालिन नेपाली राजनीतिको चत्तुर खेलाडी जस्ता अनेक उपमा दिएर प्रतिरक्षा गरिँदै आएको छ । यो आलोचनाको पृृष्ठभूमिमा नेपाली राजनीतिको वर्तमान सत्ता समीकरणको तिलस्मीय परिदृश्य प्रचण्डले स्वयमले भने जस्तो ‘क्रम भङगता’ नै भएपनि सारमा यो नेपाली राजनीतिमा आक्रोश,वितृष्णा र निराशाको घामछाँया बन्न पुगेको छ । अर्को महत्वप्ुर्ण विषय नेपाली दलहरुवीच कुनै सैद्धान्तिक भेद नभएकाले आज सत्ता गठबन्धन सम्भव भएको हो । हरेक पार्टीले आफूलाई समाजवादी,पुँजिवादी,प्रजातन्त्रवादी,साम्यवादी जे भनिए पनि सारमा यिनीहरु दलाल पँँुजिवादका नाइकेको रुपमा स्थापित भैसकेका छन् । समाजवादका नारा लिएर क्रोनि क्यापिटिलजमको ठेकदारको रुपमा आफूलाई उभ्याएका छन् । योभन्दा सैद्धान्तिक,वैचारिक दरिद्र अरु के हुन सक्छ ? जवाफ छ कोहीसँग ? जसको प्रतिफल स्वरुप बढ्दो बेरोजगारी,भ्रष्टाचार,आर्थिक गतिविधिमा आएको संकुचनले नेपाली जनजीवन किंकर्तव्यतवीमूढ छ । निर्वाचन ताका गुञ्जिने सुशासनको चर्का स्वरहरु,सामाजिक असमानता,विभेद,छुवाछूत जस्ता अमानवीय घृणित कार्यको उन्मुलन जस्ता सुन्दर नाराहरु,दीगो विकास ,स्थायी शान्ति र समृद्धीका बलिया आवाजहरु सत्ता खेलमा अल्मलिँदा- अल्मलिँदै बेहाल अवाश्थामा छाडेर नेपाली समाज असीम पीडाबाट गुज्रिन बाध्य छन् ।
एकातिर अमुक् वर्ग,समुदाय,समूहहरु दिन दुईगुण रात चौगुणा धनी हुने,भुइँ मान्छेहरु एक छाक गर्जो टार्न खाँडी मुलक नै भएपनि पलायन हुने दर्दनाक परिदृश्यहरु हामी सामु छर्लङग छ । यस प्रकारका पीडाबाट गुज्रि रहेको नेपाली समाजको हालत देखेर पनि नदेखे झै गर्नै सत्ता सञ्चालकहरुका घैंटोमा घाम कहिले नझुल्किने हो ? जनता धैर्यशील बनि प्रश्न गर्न छाडेका छ्रैनन् । यहिँ दल र तिनका नेताबाट मुलुकले समृद्धीको यात्रा पूरा गर्ने अभिलाषा अद्यापी टुटाएका छ्रैन् । तसर्थ जिम्मेवार दल ,तिनका नेता र सत्ता सञ्चालकहरु गम्भीर बनेर सत्ता खेलमा मात्र होइन मुलकलाई समृद्धी र खुशी नेपाली बनाउने राजनीतिक संस्कारसहितको खेलमा सहभागी हुन सदबुद्धी मिलोस् । लाजले दिनमा हिडन नमिल्ने साँझ पख मात्र चर्न निस्कने चमेरो जस्तो दुखान्त समकालिन राजनीतिक नेताहरुले भोग्न नपरोस् ।