मन्त्रालयको कार्य सम्पादनपति प्रधानमन्त्री दाहाल असन्तुष्ट



 

२०८० फागुन १९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयका कार्य सम्पादनलाई लिएर असन्तुष्टी व्यक्त गरेका छन् । मन्त्रालयका सचिवहरुको भेला गराएर असुन्तुष्टि व्यक्त गरेका थिए ।
प्रधानमन्त्री दाहालले मन्त्रालयहरूको कार्यसम्पादन कमजोर भएको भन्दै असन्तुष्टि जनाएका हुन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको सात महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले कार्यसम्पादन मूल्यांकन सम्झौतापछि तेस्रोपटक गरिएको समीक्षामा कार्यसम्पादनस्तरको स्थितिबाट सन्तोष लिने अवश्था नरहेको भनि असुन्तुष्टि व्यक्त गरेका थिए ।

निर्धारित लक्ष्यअनुसार कार्य प्रगति भएको देखिएन’, मन्त्री र सचिवहरू सहभागी बैठकमा प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले माघसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ७७ माइलस्टोनमध्ये ३६ प्रतिशत मात्रै सकिएको र ५१ प्रतिशत चालु अवस्थामा रहेको उनले बताए । उनका अनुसार १४ प्रतिशत त सुरु नै नभएको देखिएको छ ।

‘बिडम्वना, चालु आर्थिक वर्षका कुल ३ हजार ४ सय २१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६ सय ३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि २ सय ४५ माइलस्टोन अझै सुरू हुन नसक्नुले हाम्रो कार्यक्षमतामा नै प्रश्न उठेको छ’, उनले भने ।

अर्थतन्त्रमा समष्टिगत मागको सिर्जना गर्दै चलायमान बनाउन सरकारी खर्च बढ्नु जरूरी रहेको औँल्याउँदै प्रधानमन्त्रीले चालु आर्थिक वर्षको सात महिना समय बितिसक्दा पनि सार्वजनिक खर्च भने ४२ प्रतिशत मात्र हुनु सन्तोषजनक नभएको बताए ।

प्रधानमन्त्री दाहालले राजस्व संकलनको अवस्थाप्रतिसमेत असन्तुष्टि व्यक्त गरेका छन् । ‘माघसम्म कुल राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९ दशमलव ९ प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको देखिन्छ’, उनले भने, ‘अझ पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको छ । पुँजी निर्माण नभई विकासले गति लिँदैन र अर्थतन्त्र पनि चलायमान हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्