काभ्रेको बनेपा–६ मा बस्दै आएकी रामेछापकी २३ वर्षीया शर्मिला श्रेष्ठ मृत फेला
काभ्रेको बनेपा–६ मा बस्दै आएकी रामेछापकी २३ वर्षीया शर्मिला श्रेष्ठ मृत फेला परेकी छन्। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन्।
श्रेष्ठ बिहीबार साँझ साढे ५ बजे मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले प्रारम्भिक रूपमा उनको हत्या भएको आशंका गरेको छ र घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।