बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक जीवनमा दरार



नयाँ दिल्ली: बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक जीवनमा दरार आएको खबरले उनका फ्यानहरूलाई चिन्तित बनाएको छ। ३७ वर्षको वैवाहिक सम्बन्धपछि यो जोडी सम्बन्धविच्छेद गर्न लागेको भन्ने अफवाह व्यापक भएको थियो।

तर, गोविन्दाका वकिल तथा पारिवारिक साथी ललित बिन्दलले यी अफवाहलाई खण्डन गरेका छन्। इन्डिया टुडे सँगको कुराकानीमा उनले सुनिताले केही द्विविधाका कारण ६ महिना अघि सम्बन्धविच्छेदको निवेदन दिएको खुलाए। तर, हाल दुवैले आपसी मतभेद समाधान गरिसकेको र उनीहरू खुशीसाथ सँगै रहेको बताए।

नयाँ वर्षमा गोविन्दा र सुनिता नेपाल घुम्न गएको र अहिले उनीहरूबीच सबै कुरा सामान्य रहेको ललितले स्पष्ट पारे।  सांसद बनेपछि गोविन्दाले नयाँ बङ्गला किनेको र त्यो उनको फ्ल्याटकै अगाडि रहेको जानकारी दिए। कामको सिलसिलामा कहिलेकाहीँ गोविन्दा त्यहाँ बस्ने गरे पनि उनीहरू सधैँ सँगै रहेको उनले बताए।

सुनिताको केही बयानहरू, जस्तै “मलाई गोविन्दा जस्तो श्रीमान् चाहिँदैन, मलाई गोविन्दा जस्तो छोरा चाहिन्छ” भन्ने अभिव्यक्तिलाई गलत अर्थ लगाएर प्रसार गरिएको ललितको भनाइ छ।

गोविन्दा र सुनिताले १९८७ मा विवाह गरेका थिए। उनीहरूका एक छोरा र एक छोरी छन्। ललितका अनुसार यो जोडी अलग हुने कुनै सम्भावना छैन,

प्रतिक्रिया दिनुहोस्