डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू
काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज (बिहीवार) देखि सुरू भएको छ। महान्यायाधिवक्ता कार्यालयको आयोजनामा दुई दिने यो सम्मेलनमा १३ देशका प्रतिनिधिहरू सहभागी छन्। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले डिजिटल माध्यमबाट हुने अपराधहरू नियन्त्रण गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताइन्। उनले डिजिटल अपराधका प्रवृत्ति, अनुसन्धान तथा न्याय निरूपणका विषयमा गम्भीर अध्ययन गर्नुपर्ने उल्लेख गर्दै, यसले देशको अर्थतन्त्रमा समेत प्रभाव पार्ने चेतावनी दिइन्।