लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
लुम्बिनी प्रदेशका राप्रपा सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ ९२० का सांसद यादवसहित १९ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।आर्थिक वर्ष २०७४र०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ।कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाएर नजिकैको स(मिललाई बिक्री गरी अनियमितता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।उक्त उजुरीपछि अख्तियारले थालेको अनुसन्धानबाट २९ लाख १२ हजार १९३ रुपैयाँ भ्रष्टाचार भएको पाइएको प्रवक्ता घिमिरेले बताए।