एनआईसी एशियामा बैंकको आकर्षक योजना



यस योजना अन्तर्गत खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिइएको छ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

२१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदाभन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर फाइदा हुने देखिन्छ। जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमाअन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट ज्यान गएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ ।

१८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार ९मेडिकल० बीमाको लाभ समेत खातावालाले पाउने व्यवस्था रहेको छ । मेडिकल बीमाअन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधी खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना बापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ ।

यस बचत खाता हुने ग्राहकहरुले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गरेमा उनीहरुलाई करिब ११३,००० रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिटरक्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनिक शुल्कमा तथा ब्याजदरमा छुट, कुनै पनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निस्शुल्क, निशुल्क होम बैंकिङ, स्वीप इन–स्वीप आउट जस्ता २५ सुविधाबाट ८७ हजार रूपैयाँसम्मको फाइदा हुने बैंकले जनाएको छ ।

स्वीप इन(स्वीप आउट सुविधा

यो एक विशेष किसिमको सुविधा हो जसमा ग्राहकले खोलेको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्न सक्नेछन् ।

यदि ग्राहकहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै छन् भने पनि बैंकको स्वीप इन(स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १०,००० रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ । बचत खातामा ६ दशमलव ५ प्रतिशत ब्याजदर पाइरहेको ग्राहकले मुद्धती खातामा जाने बित्तिकै ९ दशमलव ७५ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्