रवि लामिछानेविरुद्ध सुप्रिम सहकारी संस्थाको रकम अपलचनसम्बनधी बुटवलमा अर्को मुद्धा दर्ताको तयारी



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पू

र्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले अदालतमा पूरक मुद्धा आज लैजान लागेको हो। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पुरक मुद्धा दर्ताका लागि आइतबार जिल्ला अदालत रुपन्देहीमा लगिने भएको हो ।

यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा पूरक मुद्धा लैजान नसकेको जनाएको थियो।आइतबार भने कार्यालय खुलेपछि लामिछाने र जोशी लगायतको मुद्धा अदालतमा लैजाने लागिएको हो ।

यसअघि लामिछाने र जोशीसहित १४ जना विरुद्ध पूरक मुद्धा लैजाने भनिएकोमा केही व्यक्तिहरु थप भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्