६ महिनामा करिव ४ लाख बैदेशिक रोजगारका लागि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति



चालु आर्थिक वर्षको पहिलो ६ महिनामा (साउनदेखि पुससम्म) ३ लाख ९३ हजार ६७ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा मात्रै ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा पुरुष ६० हजार १५३ र महिला ७ हजार १०५ छन् ।

 

Screenshot

पुस महिनामा व्यक्तिगत तर्फबाट १० हजार ८५ जनाले, मेनपावरमार्फत २९ हजार ३१८ जनाले, र पुनः श्रम स्वीकृति लिने २७ हजार २०३ जनाले स्वीकृति लिएका छन्। जीटुजी प्रणालीमार्फत ३ हजार ७५५ जनाले श्रम स्वीकृति पाएका छन् ।

६ महिनाको अवधिमा व्यक्तिगत तर्फबाट ६४ हजार ४५९ जनाले, मेनपावरमार्फत १ लाख ६१ हजार १६६ जनाले, पुनः श्रम स्वीकृति लिने १ लाख ६२ हजार ६२८ जनाले, र जीटुजीमार्फत ४ हजार ८१४ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसैबीच, नेपाल राष्ट्र बैंकका अनुसार पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यो अवधिमा विप्रेषण आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६६९ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्