ओयाम पाँचथर साम्माङखुको फेदी इङवाको किनारामा अवस्थित स्तुपको एक चर्चा



पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नं ३ मा अवस्थित एक स्थानीय तहमा प्रख्यात धाम रहेको छ । उक्त प्रख्यात धामको गुप्तेश्वर महादेवस्थानको रुपमा परिचित भएपनि यसको ऐतिहासिक,यस स्तुपामा प्रयोग कला र मिथक भन्ने भिन्न रहेको छ ।
खास यो गुप्तेश्वर होइन, मेन्निमाङ मेन्धामाङ इम्सिङ माङ साम्माङखुमाङ हो । कसरी इम्सिमाङ साम्माङखुमाङ हो त रु अब मिथकको चर्चा गरौं । त्यस देवस्थलको उत्पति भएको मिथक अनुसार देवशक्ती हराएको अर्थात् शक्ति अलप हुने स्थान् भन्ने अर्थ लाग्छ । यसलाई मेन्निमा मेन्धामा इम्सिङमाङ साम्माङखुमाङ भन्दा सही अर्थ,मर्म र भाव प्रकट भएको बुझिन्छ । यहिँ इम्सिङ माङ साम्माङ्खुमाङलाई प्रकृतिवादीहरुले शक्तिकेन्द्रको रुपमा मानी पुज्दै ल्याएको देवस्थल बारे उक्त क्षेत्रमा प्राप्त लोक कथा यस्तो छ ।

त्यस ठाउँका स्थानीय सेलिङ परिवारका एक नामुद अगुवा थिए । सामाङखुका सुब्बा महाशेर सेलिङको बाजे (बराजुको समयमा हुन सक्छ । घर छेउमा रहेको खेतबारीमा लगाएको बाली एउटा साँढे गोरु आई खाएर सधै सखाप गर्ने गर्दथे।यसरी पटकपटक बाली खाएको देखे पछि सेलिङ बाजे रीसले चुर हुँदै लखेट्छ तर लखेट्दा लखेट्दै कता विलिन भैहाल्नेरु जति खोजे पनि पत्ता नलाग्ने । यसरी पटकपटक लखेट्ने क्रममा एकदिन लखेटेर पर खोल्सातिर पुर्याए पछि फेरि अलप भई गयो,जति खोजे पनि पत्ता लाग्न सकेन् । त्यसपछि उनलाई अच्चम्म लाग्न थाल्यो । यो के हो रु यो गोरु कता हराउँछ भनेर गहिरो सोच, चिन्तनसहित सोध खोज गर्ने क्रममा पारि आङखोपका याख्खाहले उक्त गोरु अहिले निर्माण गरिएको स्तूप मुनि रहेको ठूलो ओडारमा आएर लुक्ने गरेको देखेको भनि बताएअनुसार उनले उक्त ठाउँमा पनि जोडतोड खोज तलास गर्दासमेत उक्त गोरु भेटिन्दैन् । त्यसपछि यो त देवता पो हो कि के हो रु अचम्म मान्दै उनले पुजाआजा गर्ने निधो गरे । जब उनले पूजापाठ गर्न सुरु गरे तब उक्त गोरु निस्केर बालिनाली खान छाड्यो । यसरी उक्त स्थानलाई इम्सिङ पेबा तेन अर्थात् शक्ति अलप हुने स्थान ुइम्सिङ माङ तेन साम्माङखु तेन ुहो भनि गाउँघरमा लोककथा अधापि जिउँदै रहेको छ । यहिँ घटनाबाट उक्त पूजापाठ गरिन्दै आईरहेको उक्त स्थलमा अनुमानित करिब २र३ सय वर्ष अगाडि तिब्बत र सिक्किम ओहोरदोहोर गर्ने वुदिष्ट अर्थात् बौद्व मार्गीहरुले चैत्य (स्तूप बनाएका हुन्। चित्रमा देखिने संरचना मन्दिर नभएर स्तूप वा चैत्य हो भनेर प्रष्ट चिन्न सकिन्छ । त्यस्तै सो ठाउँमा प्राप्त सिलालेखसमेत पनि साम्बोटा लिपिबाट उल्लेख गरिएको प्रमाण भेटिनुले उक्त चैत्य वा स्तूप बौद्व मार्गिहरुबाट निर्माण गरिएको हो भन्ने पुष्टि हुन्छ । अर्थात् त्यस क्षेत्रका लिम्बूहरु कुनै बेला बौद्व मार्गी थिए भन्ने कुराको समेत अनुमान गर्न सकिन्छ । यसरी इम्सिङमा को नेपाली अर्थ अलप हुनु अर्थात् गुप्त भएको भन्ने अर्थमा स्थानीय पोख्रेल पण्डितले उक्त ठाउँ र स्तूप चैत्यलाई ुगुप्तेश्वरु नाम दिएर आश्थामाअतिक्रमण नाममा अप्रभंसित गर्न पुगे ।यसरी उक्त स्तूपलाई गुप्तेश्वर मन्दिरको नाम दिईएको सय वर्ष वरिपरि मात्र हुँदैछ । यस प्रकार अतिक्रमित एवम् अप्रभंशित प्राचीन साँस्कृतिक सम्पदाहरुको सत्यतथ्य खोज गरि संरक्षण गर्न जरुरी छ । नयाँ पुस्तामा यतातिर पनि ध्यान जावोस् ।उक्त साम्माङखुमाङ देन स्तूपामा घण्टी झुण्ड्याउने कामसहित मेलाभव्य लाग्ने खवर छ ,उक्त मेलाको शुभकामना सहित गामठामको अप्रभंशित नामहरुमाथि स्थानीय जनताले कदम अगाडि बढाउनुका साथै स्थानीय सरकाले शिर उठाउने काम गरोस् ।

प्रतिक्रिया दिनुहोस्