कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै
१७ पुस, काठमाडौं । भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएका । केही दिन अगाडी ने.क.पा. एमालेले उनलाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट कारवाही गरेका थिए ।
कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका जनाएको छ ।गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस .वि.पी०का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा.तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १० औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धामा उनी पराजित बनेका थिए । आजको पत्रकार सम्मेलनमा मेचीमहाकाली अभियान सुरु योजनाबारे सार्वजनि गर्ने योजना रहेको जनाएको छ ।